संसद भवनमा खसेको ड्रोन टेकस्पायर कलेजको, प्राध्यापकसहित पाँच जना अनुसन्धानमा


२०८२ असार २६ बिहीबार २१:२२ बजे

 काठमाडौं । संघीय संसद भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले कलेजका प्राध्यापकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरुमा काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जनाए । उनले भने, ‘संघीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई  जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ ।’

यही असार २४ गते बिहान ९ः३० बजे संघीय संसद भवन (उडान निशेधित क्षेत्र) को दक्षिणतर्फको छतमा एक थान ड्रोन फेला परेको र टेकस्पायर कलेजको लोकेशनबाट सो ड्रोनले उडान सुरु गरेको देखिएको प्रहरीले जनाएको छ।कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक एवं विद्यार्थीहरुलाई उक्त ड्रोन निर्माण गरी परीक्षण गर्न भनि यही असार १३ गते लिखित रुपमा सेमेस्टर कार्य  दिइएको भन्ने बुझिएको प्रहरी प्रवक्ता बोहराले बताए ।

टेक्निकल सपोर्ट फेल भई उक्त ड्रोन संसद भवन भित्र खस्न गएको भनि कलेजका रोवर्टी डिपार्टमेन्टका प्रमुख विजयबाबु रेग्मीले प्रहरीलाई जानकारी गराएका छन् । अहिले भने कलेजले ड्रोन खरिद गर्दाका सक्कल बिल, ड्रोन चलाउँदै गरेको फोटो भिडिओ, ड्रोन कन्ट्रोलर समेत प्रहरी वृत्त बानेश्वरलाई जिम्मा लगाइसकेको छ । कलेजका प्रिन्सिपलले असावधानीवस घटना हुन गएको जानकारी गराउँदै प्रहरीलाई पत्रसमेत पठाएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७