महाधिवेशन र मन्त्रीहरू फेर्नेबारे कुनै निर्णय भएको छैन : डा. महत


०१:५८ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी केन्द्रीय समिति बैठकमा महाधिवेशन र मन्त्रीहरू फेर्नेबारे कुनै निर्णय नभएको बताएका छन् । सोमबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्रीहरूको कार्यसम्पदानका आधारमा नेतृत्वले नै त्यसबारे निर्णय गर्ने भन्दै यो बैठकमा त्यसबारे कुनै निर्णय नभएको उनले बताए । ‘मन्त्री फिर्ता बोलाउने निर्णय भएको छैन,’ महतले भने, ‘कार्यसम्पादनको आधारमा थप निर्णय गर्नुपर्छ वा यसैलाई निरन्तरता दिनुपर्न भन्ने नेतृत्वले गर्ने कुरा हो ।’

त्यस्तै, पार्टीको महाधिवेशनबारे पनि कुनै निर्णय नभएको उनले बताएका छन् । फरक प्रसंगमा उनले दुई ठूला दल मिल्दा कहिलेकाहीँ गठबन्धनमा समस्या आउनसक्ने भए पनि त्यसलाई मिलाएर अघि बढ्नेगरी छलफल भएको जानकारी गराए । ‘फेरि अस्थिर हुने स्थिति आउन हुँदैन । फेरि समझदारीका साथ कुनै समस्या आउँछ भने त्यसलाई समाधान गर्ने कुरा भएको छ,’ महतले भनेका छन् ।

दुई भिन्न विचारधारा भएका दलहरू सरकारमा हुँदा केही समस्या भए पनि समाधान नै गर्न नसकिने परिस्थितिमा भने नभएको बताए । ‘भिन्न भिन्न विचारधारा भएको ठूलो पार्टी सरकारमा छन् । समाधान नै गर्न नसकिने परिस्थिति छैन,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७