एमालेसँगको सहकार्य ०८४ सम्मै जान्छ : देउवा


०३:११ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको सहकार्य ०८४ सम्मै जाने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रियसभामा बहुमत नपुगेकाले संविधान संशोधन नभएको बताएका छन् ।

‘हामीले ओलीजीको पार्टी एमालेसँग गरेको सहकार्य ८४ सम्मै जान्छ’, उनले भने, ‘संविधान संशोधनका लागि राष्ट्रियसभामा बहुमत पुगेन ।’ ‘एमालेसँगको गठबन्धन जुन छ, यसमा अहिलेसम्म मात्रै होइन भोलिसम्म पनि मलाई विश्वास छ,’ देउवाले भने, ‘यो गठबन्धन पूरा समय रहन्छ ।’

उनले दुई ठूला दल गठबन्धनमा भएकाले केही समस्या आउने विषयलाई ठूलो रुपमा लिन नहुने देउवाको भनाइ छ । ‘दुई ठूला पार्टीबीच गठबन्धनमा समस्या आउनुलाई ठूलो ठान्न हुँदैन । समस्यामा छलफल गरेर हामी मिलाउन सक्छौं,’ सभापति देउवाले भने, ‘केही कुरा आए पनि हामी त्यो समस्याको रुपमा आउन दिने छैनौं ।’ दुई दलबीच सल्लाह र सहमतिमै काम कारबाही अघि बढिरहेको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७