‘न्यायपालिकाको जिम्मा आफ्नो भए पनि फैसला निर्देशित गर्न सकिँदैन’


०७:२६ बजे

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको जिम्मा आफ्नो भए पनि फैसलालाई निर्देशित गर्न नसक्ने बताएका छन् । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीको पुस्तक ‘सुनेको शासन : भोगेको प्रशासन’ को आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाबाट हुने फैसलालाई निर्देशित गर्न आफूले नसक्ने बताए ।

कार्यक्रममा सहभागीहरूले न्यायपालिकाले गर्ने फैसलाका विषय उठाएपछि प्रधानन्यायाधीशले इजलासमा बस्नेहरूले नै मुद्दाको छिनोफानो गर्ने भएकाले आफूले कुनै निर्देश गर्न नसक्ने बताएका हुन् । उनले सुशासन कायम गर्न कर्मचारीतन्त्र जिम्मेवार हुनुपर्नेमा जोड दिए । पुस्तकका लेखक मैनालीले निजामती प्रशासनको स्तर खस्केको बताए । मैनालीको पुस्तक ‘सुनेको शासन : भोगेको प्रशासन’ मा २००७ सालदेखि २०७६ सालसम्मको प्रशासनिक पुनर्गठन, अन्तर्राष्ट्रिय सम्बन्ध, निर्वाचन, सुशासन र सरकारी निर्णय प्रक्रिया समेटिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७