सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’


०१:४६ बजे

काठमाडौं । सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ । युवा तथा समाजसेवी नाम्गेल शेर्पा र सुजता तामाङको संयुक्त पहलमा ‘स्केट पार्क’ सञ्चालनमा ल्याइएको हो । नाम्गेल शेर्पाका अनुसार स्केट पार्कमा रु ६५ लाख लगानी भएको छ ।

‘बालबालिका तथा युवालाई खेलकुदमा जोड्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याइएको हो’, उनले भने, ‘पार्कमा अहिले युवा तथा बालबालिकाको आकर्षण बढ्दो छ ।’ स्केट अन्तर्राष्ट्रिय खेल पनि भएको उल्लेख गर्दै शेर्पाले विकट क्षेत्रमा यो सञ्चालन चुनौतीपूर्ण भएको बताए । उनले यस खेलमार्फत बाह्य पर्यटक पनि आकर्षित गर्न सकिने धारणा राखे । 

असार पहिलो साताबाट सञ्चालनमा आएको पार्कमार्फत यहाँको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिइएको स्थानीय साङ्गे शेर्पाले बताए । ‘कोरोना महामारीपछि लगानीको वातावरण नबनेको अवस्थामा ठूलो लगानीमा सोलुखुम्बुमा पार्क निर्माण हुनुले यहाँको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास छ, यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ’, उनले भने । पार्क सञ्चालनमा आएपछि मोबाइलमा ‘गेम’ खेल्ने बालबालिकाहरु पार्कमा आउन थालेको उनको भनाइ छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७