सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको तयारी


१६:५३ बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेतृत्वको सरकारबारे निर्णय लिनको लागि दलको बैठक बोलाएका हुन् ।

जसपा राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादवका अनुसार आजको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय लिने जानकारी दिए । उनले भने, ‘आज अध्यक्षले दलको बैठक डाक्नु भएको छ, आजको बैठकले सरकारबारे निर्णय लिन्छ । कार्यकारिणी समितिको बैठकले फिर्ता लिन यसअघि नै निर्देशन दिइसकेको छ, आजको बैठकले निर्णय गर्छ ।’

उनले दलको बैठकले निर्णय गरेपछि आफूहरू सदनमा विपक्षीमा बस्ने पनि बताए । जसपा सांसद प्रकाश अधिकारीले पनि बैठक दिउँसो १ बजे बस्न लागेको बताए । उनका अनुसार बैठक पार्टी कार्यालयमा बस्नेछ । जसपा नेपालले ओली सरकार सरकार पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन बारे पुनर्विचार गर्न संसदीय दललाई दुई साताअघि नै निर्देशन दिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७