आज तीन वटा संसदीय समितिका बैठक बस्दै


१३:१५ बजे

काठमाडौं । आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् । 

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।

सोही समयमा बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हँुदैछ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुँदैछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७