विनयीखोलाको पक्की पुलबाट यातायात सञ्चालन


१६:४० बजे

नवलपरासी  । पूर्वी नवलपरासी अन्तर्गत दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुलबाट बिहीवारदेखि यातायात सञ्चालन भएको छ । बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वर बहादुर रिजालका अनुसार केही बेरअघिबाट विनयीको पक्की पुलबाट यातायात सञ्चालन भएको छ ।

यो पुलबाट एक पटकमा ४० टनमात्र मालसामान ढुवानी हुन सक्ने उनले जानकारी दिए । विनयीको पक्की पुलबाट यातायात सञ्चालन भएपछि मालबाहक गाडी समेत यहि पुल हुँदै वारपार गरेका छन् । बिहीवारबाट डाइभर्सन हुँदै आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ । गत पुस २६ गते विनयीमा रहेको फलामे पुल भाँच्चिएपछि यहाँबाट ओहोर–दोहोर गर्ने मालबाहक गाडीलाई डाइभर्सनबाट पालैपालो आउजाउ गराइँदै आएको थियो ।

बिहीवारबाट सोझै विनयी पुलबाट सबै गाडी बर्दघाट दुम्कीवास ओहोर–दोहोर गर्न सघाउ पुगेको छ । यो पुल कटेर गाडी हिँडे पनि सामान्य वर्षा हुनासाथ दाउन्नेमा भैरहने जामको पिरलो भने उस्तै छ । बर्दघाट दुम्कीवासबीचको १४ किलोमिटर सडक खण्डमा दाउन्ने पर्दछ । त्यसमध्ये पश्चिम (बर्दघाटतर्फको ३ किलोमिटर सडक) कालोपत्रे भइसकेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७