निजामती विधेयकको हेरफेर सामसुम पार्ने विषय होइन, गम्भीर छानविन हुनुपर्छ : राप्रपा


२०:१५ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निजामती सेवा विधेयकको दफा हेरफेर गरिनु संसद र सांसदको अपमान भएको बताएका छन् । प्रतिनिधि सभाबाट पारित भएको निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेर गरेको पाइएपछि विरोध भइरहेको छ ।

कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिकलगायत पदमा नियुक्ति रोक्ने विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई सहमतिले पारित भएको थियो । सोही विषय प्रतिनिधि सभाबाट पारित भएर आउँदा भने हेरफेर गरेको पाइएपछि सांसदहरूले आपत्ति जनाइरहेका छन् भने यसमा संलग्नमाथि छानबिन र कारबाही माग गरिरहेका छन् ।

‘निजामती सेवा विधेयकको सबैभन्दा बेसी छलफल भएको र छलफलपछि सर्वसम्मतिले पारित भएको दफामा हेरफेर गरेर सार्वजनिक हुनु सामान्य विषय होइन । संसद र सांसदको अपमान हो । यो सामसुम पार्ने विषय होइन । गम्भीर छानबिन हुनुपर्छ,’ अध्यक्ष लिङ्देनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७