तिलाहारमा बेठीका साथ रोपाइँ


०१:२७ बजे

भोजपुर । भोजपुरको तिलाहारमा बेठी लगाएर रोपाइँ गरिएको छ । पञ्चैबाजा बजाएर भोज खुवाई पौवादुङमा– १ श्यामशीलाका धनबहादुर पाण्डले १९ हल गोरुसहित १८० जना खेतालाले रोपाइँ गरेका हुन् । 

गाउँघरका सबै भेला भएर पञ्चैबाजा बजाएर ६५ रोपनीमा रोपाइँ गरिएको हो । परम्परा लोप हुन नदिन बेठी गरिएको किसान पाण्डेले बताए । उत्सवका साथ रोपाइँ गरिएको जानकारी दिँदै उनले   परम्पराको संरक्षणका लागि साबिक तीन वटा वडाका स्थानीय भेला भएर रोपाइँ गरिएको बताए । बेठीलाई जमिनको विवाहका रूपमा लिइने स्थानीय इन्द्रबहादुर पाण्डेले बताए । पञ्चैबाजासहित असारे भाकामा गरिएको रोपाइँमा खेताला बाहेक ज्येष्ठ नागरिक पनि सहभागी भएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७