‘कुलिङ पिरियड’ मा सभापति खतिवडाले खोजे राष्ट्रिय सभाको सहयोग


००:३६ बजे

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रियसभाबाट कुलिङ पिरियडमा भएको त्रुटि सच्याउन आग्रह गरेका छन् । आज (मंगलबार) विज्ञप्ति जारी गरेर उनले कुलिङ अफ पिरियडमा भएको अक्षम्य घटना राष्ट्रियसभाबाट सच्याउनु पर्ने आग्रह गरेका हुन् । खतिवडा नेतृत्वको समितिले पारित गरेको व्यवस्था भन्दा फरक रहेर विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि उनले राष्ट्रिय सभाको सहयोग खोजेका हुन् । प्रतिनिधिसभाबाट पारित भइसकेको हुँदा राष्ट्रिय सभाको सहयोग खतिवडाले खोजेका हुन् ।

उनले यस विषयमा छानबिन गर्न सभामुख देवराज घिमिरेलाई पनि अनुरोध गरेका छन् । ‘राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना हो । यो सामान्य अवस्था होइन । यस सम्बन्धमा छानबिनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु । त्यसैगरी कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रियसभालाई अनुरोध गर्दछु,’ उनले भनेका छन्।

उनले समितिबाट उक्त विधेयक पारित हुँदा दफामा भएको व्यवस्था पनि उल्लेख गरेका छन् । ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन,’ समितिबाट पास गर्दा उल्लेख भएको व्यवस्था उनले उल्लेख गरेका छन् । कुलिङ पिरियडमा हुँदै नभएको व्यवस्था लेखिएपछि दलहरूले सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए । घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र संलग्नले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग पनि सांसदहरूले गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७