निजामती विधेयकबारे सभामुख : समितिबाट जे आएको थियो, त्यही पारित भएको हो

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट आएको निजामती सेवा विधेयक हुबहु प्रतिनिधिसभाबाट पारित भएको बताएका छन् । आज (मंगलबार) सभामुखको कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले विधेयकमा भएको त्रुटिबारे सच्याउन आवश्यक रहेको बताएका छन् ।
‘समितिबाट जे प्रतिवेदन आएको छ, संसदबाट त्यही पारित भएको छ । समितिमा किन गर्यो ? कसले गर्यो ? छानबिन त गर्नैपर्छ । विश्वास अनुसार काम गर्नुपर्यो । गलत चिज पास हुनु भएन’, उनले भने । उनले राष्ट्रियसभाले पनि त्रुटिलाई सच्याउन सक्ने बताएका छन् ।