‘कुलिङ पिरियड’ को हेरफेर कमजोरी होइन, अपराध हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले निजामती सेवा विधेयकमा भएको हेरफेरको विषयलाई सामान्य रुपमा लिन नमिल्ने बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमा लेख्दै उनले राज्य व्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेरफेर गरेर पेश गर्ने कुरा कमजोरी नभइ अपराध भएको उल्लेख गरेका छन् ।
उनले मनपरीले सीमा नाघेकोको समेत बताएका छन् । लोकतन्त्र र जनप्रनिधिसंस्था सांसदको यो भन्दा अवमूल्यन, अपमान र उपहास अरु हुन नसक्ने बताए । हेरफेर गरेर पेश गर्ने दुषकार्यको जिम्मेवारहरूमाथि जोसुकै भए पनि कडा भन्दा कडा कारवाही हुनुपर्नेमा जोड दिए । उनले भने, ‘लामो समयसम्म राष्ट्रिय रुपमै बहस भइ समितिले पारित गरेको ‘कुलिङ पिरियड’ को विषयमा नै यसो गरिएकाले यसलाई सामान्य रुपमा लिनै मिल्दैन । यो कमजोरी होइन, अपराध हो ।’