भारतको औषधि उद्योगमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ३४ पुग्यो


१५:२१ बजे

काठमाडौं । भारतको तेलङ्गाना राज्यको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रिएक्टरमा विष्फोट हुँदा भएको भीषण आगलागीमा परी मृत्यु हुने संख्या ३४ जना पुगेको छ। सिगाची केमिकल्स कारखानामा भएको यस दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान भइसकेको जिल्ला प्रशासनले जनाएको छ ।

यस दुर्घटनामा ३५ जना घाइते भएका छन् । ती सबैको उपचार भइरहेको छ । जिल्ला प्रशासनले यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ । यस बाहेक ५७ जना सुरक्षित छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, ‘तेलङ्गनाको संगारेड्डीमा भएको कारखाना आगलागीमा ज्यान गुमाउनु परेकोमा म दुःखी छु । हाम्रा समवेदनाहरू आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति छन् । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ अनुग्रह राहत प्रदान गरिने बताए । यसका साथै, बिहार सरकारले बिहारका बासिन्दा मृतकका आश्रित परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७