स्पेन सरकारका अध्यक्षसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

स्पेन । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्तसम्बन्धी चौंथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आइतबार भेट गरेका छन् । भेटमा विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।