लाओसविरुद्ध नेपालको शानदार जित, सावित्राको ह्याट्रिक

काठमाडौं । ऐतिहासिक खेलमा लाओसविरुद्ध नेपालले शानदार जित निकालेको छ । एएफसी एसियन कप छनोटअन्तर्गतको पहिलो खेलमा उज्वेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा २–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा ७ गोल थप्यो । लाओसले भने एक गोल पनि फर्काउन सकेन । नेपालका लागि सावित्रा भण्डारीले ५ गोल गरिन्। आजको खेलमा कप्तानी समेत गरेकी सावित्राले ४५औं र ५५औं, ७५औं, मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन ्। उनै सावित्राले ७९औं मिनेटमा व्याक्तिगत चौथो र नेपालका लागि सातौं गोल गरिन् । खेलको ८८औं मिनेटमा सावित्राले व्याक्तिगत पाँचौं गोल गरिन् ।
खेलको १२औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । उनले सावित्रा धण्डारीको हेडिङ पासमा डिबक्सको बिचबाट गोल गरेकी हुन् । खेलको ३६औं र ३९औं मिनेटमा नेपालले सुनौलो अवसर सदुपयोग गर्न सकेन । खेलको नियमित समयको अन्तिम मिनेटमा अनिता केसीले बाँया कर्नरबाट दिएको पासलाई सवित्रा भण्डारीले हेडरमार्फत गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी हुन् । त्यसको एक मिनेटमा लाओसले काउन्टर अट्याकको मुभ बनाएको थियो तर त्यसलाई गोलरक्षक अन्जनाले विफल बनाइन् ।
४७ औं मिनेटमा नेपालका लागि तेस्रो गोल भयो। उनले बायाँ तर्फबाट सबिता राना मगरको क्रसमा गोल गरेकी हुन् । यो सरुको नेपालका लागि ५० औं अन्तर्राष्ट्रिय खेल रहेको थियो । खेलको ५१औं मिनेटमा सावित्रा भण्डारीले दायाँबाट गरेको क्रसलाई रश्मी कुमारी घिसिङले पोष्टको दिशा दिन सकिनन् । खेलको ५५ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले चौथो गोल गरिन् । त्यसको २ मिनेटपश्चात नेपालले पाँचौं गोल ग¥यो । नेपालका लागि पाँचौं गोल रश्मि कुमारी घिसिङले गरिन् । उनलाइए डी बक्स बाहिरबाट रेनुका नगरकोटीले दिएको बललाई सहजै जाली चुमाएकी हुन् ।
नेपालको लागि छैटौं गोल कप्तान सावित्राले गरिन् । सातौं गोल पनि सावित्राकै नाममा रह्यो । आठौं गोल नेपालका लागि अनिता केसीले गरिन् । सबिता राना मगरको पासमा उनले गोल गरेकी हुन् । दोस्रो हाफमा मैदान प्रवेश गरेकी अनिताले गोल गरेकी हुन् । नेपालको लागि नवौं गोल कप्तान सावित्रा भण्डारीले गरिन् । उनले खेलको ८८औं मिनेटमा व्याक्तिगत पाँचौं गोल गरिन् । नेपालले एसियन कप छनोट अन्तर्गतको दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग खेल्नेछ। समुह चरणको तेस्रो खेल नेपालले घरेलु टिम उज्वेकिस्तानसँग खेल्ने ।