लाओसविरुद्ध नेपाललाई ५–० गोलको अग्रता


२०८२ असार १५ आइतबार ०२:४२ बजे

काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले पाँच गोलको अग्रता बनाएको छ । नेपालका लागि रश्मी घिसिङले पाचौं गोल गरेकी हुन् । नेपालका लागि १२औं मिनेटमा अनिता बस्नेतले पहिलो गोल गरेकी थिइन् ।

खेलको ४४औं मिनेटमा कप्तान सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई दोब्बर अग्रता दिलाइन् । सरु लिम्बुले ४७औं मिनेटमा गोल गर्दै अग्रता तेब्बरमा पुराइन् । पुनः साम्बाले खेलको ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोेल गर्दै ४ गोल अग्रतामा पुराइन् । त्यसको एक मिनेटमै रश्मीले गोल गर्दै अग्रता पाचौं गोलमा लगिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७