काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार


२०८२ असार १५ आइतबार ०४:०७ बजे

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक थुनुवा फरार भएका छन् । फरार हुनेमा पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भए काठमाडौं गोंगबु बस्ने २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही छन् ।

थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिए । उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् ।  प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै शौचालय जाने निहुँमा हत्कडीसहित भागेका हुन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७