आलमको मुद्दा पुनरावेदन गर्न माग गर्दै महान्यायाधीवक्तालाई रास्वपाको पत्र


२०८२ असार १५ आइतबार २१:३० बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले ज्यान मुद्दामा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासबाट सफाइ पाएका सत्तारुढ कांग्रेस नेता आफताब आलमविरूद्व पुनरावेदनमा जान माग गर्दै महान्यायाधिवक्तालाई पत्र पठाएकी छिन् ।

उनले आज महान्यायाधीवक्तालाई पत्र पठाएकी हुन् । उच्च अदालतको फैसलाले पीडित तथा सर्वसाधरणलाई मर्माहत र आक्रोशित बनाएको उनको भनाइ छ । ‘राजनीतिक व्यक्तिको संलग्नता रहेको अपराध भएको कारणले तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेकोमा सर्वोच्च अदालतको आदेश पछि, घटना घटेको एक दशक पछि मात्र मुद्दा चलाइएको थियो । तर, अहिले आएर उच्च अदालतबाट अभियुक्तलाई सफाइ दिने गरी अनपेक्षित फैसला भएको हुँदा सो फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरी मुद्दाको उचित प्रतिरक्षा गर्न ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले महान्यायाधीवक्तालाई लेखेको पत्रका उल्लेख छ ।

गत जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इज्लासले आलमसहित चार जनालाई सफाइ दिएको थियो ।  सोही मुद्दामा जिल्ला अदालत रौतहटले भने उनीसहित चार जनालाई दोषी ठहर गरी जन्म कैदको सजाय तोकेको थियो । आलम ललितपुरको नख्खु कारागारमा जन्म कैद भुक्तान गरिरहेका थि ए। उच्चको फैसलापछि उनी रिहा भइसकेका छन् । २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटको घाइतेलाई इँटा भट्टामा लगेर जलाएको अभियोग आलममाथि छ । तर उच्च अदालतले भने उक्त घटना नै भएको भन्ने एकिन नरहेको फैसलाको पूर्ण पाठमा उल्लेख गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७