संसदबाट बाहिरिए रास्वपा र राप्रपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसदमा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएका हुन् ।
उनीहरू आफ्ना कुराहरू राखेर बाहिरिएका हुन् । भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि भन्दै सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको उच्चस्तरीय छानबिन समिति बनाएको छ । यद्यपि उक्त समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले अवरोध गरिरहेका हुन् ।