नेपालले इन्डोनेशियालाई हरायो, विपिनको ६ विकेट


२०८२ असार १५ आइतबार २१:३४ बजे

 काठमाडौं । एसीसी यू–१६ इस्ट जोन अन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्‍यो । ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो । नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए ।

७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए । पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए । यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७