एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए 


२०८२ असार १३ शुक्रबार ००:२५ बजे

काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए – ८ जना, जीपीए २ देखि २.४०– ४,१२६ जना, जीपीए २.४० देखि २.८०– ४८,४७९ जना, जीपीए २.८० देखि ३.२०– ८९,१२४ जना, जीपीए ३.२० देखि ३.६०– ८१,३८५ जना, जीपीए ३.६० देखि ४– ४८,१७७ जना, नन ग्रेडेड– १,६७,५९७ जना गरी जम्मा पास विद्यार्थी संख्या २,७१,२९९ जना रहेको छ । एसईईमा कुल ४,३८,८९६ परीक्षार्थी सहभागी थिए । वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको थियो । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७