एसईईको नतिजा सार्वजनिक


२०८२ असार १३ शुक्रबार २३:४९ बजे

काठमाडौं । २०८१ सालको एसइई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी थिए।
नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिनेछ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । 


गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।  नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ । यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७