वेब तथा एसएमएसमार्फत एसइई नतिजा हेर्न केही घण्टा लाग्ने


२०८२ असार १३ शुक्रबार ००:४८ बजे

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा वेब साइट वा एसएसएसबाट थाहा पाउन अझै केही घण्टा लाग्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एक घण्टापछि अपलोड हुने भएकाले नतिजा हेर्न केही घण्टा लाग्ने जानकारी दिए ।

यस पटक एसइईमा ६१.८१ प्रतिशत विद्यार्थीहरू ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार भएको पनि उनले बताए। गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो । बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७