त्रिशूलीमा हामफालेर महिला बेपत्ता, खोज्दै सशस्त्र

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–१ छाङगेश्वर मन्दिर नजिकैबाट आज एक महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् । त्रिशूलीमा बेपत्ता महिलाको सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ । सोही ठाउँमा बस्ने अन्दाजी ५६ वर्षीया साईली गिरीले आज बिहान करिब पौने ९ बजे नदिमा हाम फालेको स्थानीयले बताएका छन् ।
सशस्त्र प्रहरीले उनको खोजीकार्य सुरु गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस आदमघाटबाट सशस्त्र प्रहरी नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको छ ।