सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु


२०८२ असार ११ बुधबार १७:१८ बजे

सर्लाही । रौतहटमा शौचालयको सेप्टिक ट्यांकीमा खसेर दुई–दुई वर्षका दुई बालबालिकाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका– १० निबुवाटोल निवासी गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी दुई वर्षीया खुश्बु साहको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए ।  मंगलबार साँझ उनीहरू खेल्ने क्रममा छिमेकी हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका हुन् । 

‘शौचालयको सेप्टिक ट्याङकीमाथि प्लाइले मात्रै ढाकेको रहेछ,’ डीएसपी रायले भने, ‘खेल्ने क्रममा दुबै बालबालिका सेप्टिक ट्याङकीमा खसेर डुबेछन् । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।’ सेप्टिक ट्यांकीबाट निकालेर उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराति नै उनीहरुको मृत्यु भएको रायले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनको भनाई छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७