घरको विजुलीको मिटरबक्समा चट्याङ पर्दा महिलाको मृत्यु


२०८२ असार ९ सोमबार १०:३८ बजे

रुकुम । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गनेशा एक्कासी बेहोश भएकी थिइन्। तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पु र्‍याइएको थियो । चिकित्सकले गए राति नै उनलाई मृत घोषणा गरेका हुन्।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७