ट्रम्पको चेतावनी : वार्तामा नआए इरानमाथि थप आक्रमण गर्छाैं


२०८२ असार ८ आइतबार १६:१९ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए थप आक्रमण गर्ने चेतावनी दिएका छन्। आज विशेष सम्बोधनमार्फत उनले शान्ति कायम गर्न इरानलाई तत्काल वार्तामा आउन आग्रह गरे। इरानका तीन वटा परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको छ। अमेरिकी हवाई आक्रमणमा इरानको फोर्दो, नतान्ज र इस्फहान जस्ता प्रमुख परमाणु संरचना लक्षित थियो । इरानका अन्य ठाउँहरू अझै निशानामा रहेको राष्ट्रपति ट्रम्पले बताएका छन्। उनले इरानले अब शान्तिको मार्ग रोज्नुपर्ने भन्दै, त्यसो नगरे अझै ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिए।

पछिल्लो घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा चासो बढेको छ। यस्तै इरानको परमाणु ऊर्जा संगठनले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दासहित विरोध गरेको छ। संगठनले एक विज्ञप्ति निकालेर अमेरिकाको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेको बीबीसीले जनाएको छ। इरानले अन्तर्राष्ट्रिय समुदायलाई यस्ता आक्रमणको भत्र्सना गर्न र इरानको पक्षमा उभिन अपिल गरेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७