गाडी र मोटरसाइकल जुध्दा लाग्यो आगो : एकको मृत्युु, एक घाइते


२०८२ असार ८ आइतबार १६:०६ बजे

पर्सा । पर्साको बहुदरमाई नगरपालिका–५ पटनीमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक भारतीयको मृत्यु भएको छ। दुर्घटनामा परेका दुवै सवारीसाधन जलेर नष्ट भएका छन्। राति साढे ९ बजेको समयमा महुवनबाट डकैलातर्फ जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन सडकबाट ४ मिटर तल खसेपछि आगलागी भएको थियो ।

मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह वर्णवाल गम्भीर घाइते भएका थिए । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा राति १० बजे उनको मृत्यु भएको थियो । मोटरसाइकलमा पछाडि सवार पर्सा बहुदरमाई–५ पटनीका १९ वर्षीय रोशनकुमार वर्णवाल घाइते भई नारायणी अस्पतालमै उपचाररत छन् । सुमो चालक फरार रहेकामा उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७