यस्तो छ देशको पहिलो ग्वार्को ‘फ्लाई ओभर’ {फोटो फिचर}


२०८२ असार ६ शुक्रबार १३:५२ बजे

काठमाडौं । निर्माण कार्य सकिएपछि आज (शुक्रबार) देखि ललितपुरस्थित ‘ग्वार्को फ्लाई ओभर’ सञ्चालनमा आउँदै छ। ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्।  शुक्रबार अपराह्न चार बजे औपचारिक समारोह गरेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट ग्वार्काे फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ।

सञ्चालनमा आउन लागेको फ्लाई ओभर नेपालकै पहिलो हो । योबाहेक नागढुंगा सुरुङ र काठमाडौं–तराई/मधेश द्रुतमार्गमा पनि फ्लाई ओभर निर्माणाधीन अवस्थामा छ। यसमा र्‍याम्प (फ्लाई ओभर र सडकलाई जोड्न बीचमा माटो भरेर निर्माण गरिएको विशेष संरचना) र फ्लाई ओभर अर्थात् सुपर स्ट्रक्चर (पुल) नै मुख्य संरचना हुन्।

ग्वार्को ओभरपासको कुल र्‍याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ। दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्याम्पको दूरी भने १० दशमलव २ मिटर रहेको उनको भनाइ छ। ‘बीचको पुल खण्डको लम्बाइ भने ३६ दशमलव २ मिटर छ । यसरी दुईवटै र्‍याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ पाँच सय ४० मिटर (र्‍याम्प) प्लस ३६ दशमलव २ मिटर ९पुल० गरी ५७६ दशमलव २ मिटर हुन्छ’, भण्डारीले भने, ‘यस पुलको चौडाइ १६ दशमलव ४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुनेगरी डिजाइन गरिएको छ।’

तस्बिर एपि तोलाङ

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७