संसदबाट राप्रपासँगै बाहिरियो रास्वपा


२०८२ असार ६ शुक्रबार १८:१७ बजे

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ। आज (शुक्रबार) प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपा र राप्रपा सांसदहरु आ–आफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन्। त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।

त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन्। सभामुखले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन्। रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसद् बैठकमा नाराबाजी गरेका हुन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७