एमालेले भन्यो–माओवादीसँग सहमति भइसक्यो, रास्वपासँग हुँदैन


२०८२ असार ६ शुक्रबार १७:५० बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति अनुसार सदन अघि बढ्ने बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय मान्यतामा दल र व्यक्तिपिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताए। माओवादीसँग भएको दुई बुुदे सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन हुने उनले बताएका छन्।

उनले भने, ‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौं भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनु भयो ।’ रास्वपाले स्टन्ट गरेर नीलो रिबन र कालो लुगा लगाएर आएको आरोप समेत उनले लगाए।

रास्वपा सांसदहरूको गतिविधिलाई केटाकेटीको संज्ञा दिँदै यस्तै प्रवृत्ति देखाइरहे रास्वपा स्वयमलाई निल्ने जिकिर गरे। रास्वपाका सांसदले जेठ १३ गतेदेखि निरन्तर सदन अवरोध गर्दै आइरहेका छन्।  केही अघिसम्म नेकपा माओवादी केन्द्र पनि रास्वपासँगै गृहमन्त्रीमाथि छानबिनको माग राख्दै आएको थियो। तर एकाएक सत्तापक्षसँग माओवादी दुई बुँदे सहमति गरेर सदन सञ्चालनमा सहयोग गर्‍यो। अहिले सदनमा रास्वपा र राप्रपाले गृहमन्त्रीसँग छानबिनको माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेका छन्।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७