प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । मंगलबार पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन् ।
करिब ७ बजे बालुवाटार प्रवेश गरेकी पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब डेढ घन्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
भेटमा पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाकाबिच प्रधानमन्त्री ओलीसँग भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।