सन्दीपको घातक बलिङमा स्कटल्यान्डले नेपाललाई दियो सामान्य लक्ष्य


२०८२ असार ३ मंगलबार ०१:५५ बजे

काठमाडौं । स्कटल्यान्डले नेपाललाई ९८ रनको विजयी लक्ष्य दिएको छ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी २० श्रृंखलामा घरेलु टिम स्कटल्यान्डले नेपाललाई ९८ रनको सामान्य लक्ष्य दिएको हो। 

तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनायो । स्कटल्यान्डका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।ओपनरद्वय जर्ज मुन्से र मार्क वाटले क्रमशः ८ र १ रन बनाउँदै पेभेलियन फर्किए। ब्रान्डन म्याकमुलेनले १० रन बनाउँदा कप्तान म्याथ्यु क्रसले १५ रन बनाउँदै पेभेलियन फर्किए।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चिए। करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।  ललित राजवंशीले १ विकेट लिए। नेपालले श्रृंखलाको पहिलो खेलमा नेदरल्यानड्ससँग तेस्रो सुपर ओभरमा हार बेहोरेको थियो।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७