टी–२० आई क्रिकेटमा करण केसीको १०० विकेट पूरा


२०८२ असार ३ मंगलबार ०२:२८ बजे

काठमाडौं । तीव्र गतिका बलर करण केसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने दोस्रो नेपाली बलर बनेका छन्।मंगलबार स्कटल्याण्डविरुद्धको खेलमा २ विकेट लिएपछि उनले यो महत्वपूर्ण माइलस्टोन पूरा गरेका हुन्। 

८० औं खेलमा उनले १०० विकेट लिएका हुन्। त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध उनले २ विकेट लिइसकेका छन्। यसअघि नेपालका बलरमध्ये सन्दीप लामिछानेले मात्र टी–२० अन्तर्राष्ट्रियमा १०० विकेट लिएका थिए। ५९ खेलमै लामिछानेले १११ विकेट लिइसकेका छन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७