नेताहरूको आलोचना गरेको आरोपमा टिकटकर रमा बस्नेत पक्राउ


२०८२ असार १ आइतबार १०:५० बजे

काठमाडौं । प्रहरीले टिकटकर रमा बस्नेतलाई पक्राउ गरेको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीया बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

बस्नेतलाई आइतबार भक्तपुरबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी एसपी दीपक राज अवस्थीले जनाएका छन्। उनलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोप लगाइएको छ। 

उनले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामाग्री पोष्ट गरेकी थिइन् । उनले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको विषयमा पनि विरोध गरेकी थिइन्। उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई असहयोग गरेको भन्दै उपमेयर सुनिता डंगोलको पनि आलोचना गरेकी थिइन्।

उनले एमाले र अन्य दलका नेताहरुको पनि आलोचना गरेका सामग्री टिकटकमा छन्। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा आइतबार नै जिल्ला अदालत काठमाडौँबाट पहिलो पटक तीन दिनको म्याद लिइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७