सामुहिक पछि बालुवाटारमा ओली–देउवा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छुट्टै भेटवार्ता भएको छ ।
सिंहदबारमा सत्तारुढ दलका शीर्ष नेताहरूको सामुहिक छलफल लगत्तै बालुवाटारमा ओली–देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो समसामयिक राजनीति लगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
गृहमन्त्री समेत रहेका कांग्रेस सांसद रमेश लेखकमाथि भिजिट भिसाकाबारेमा उठेको प्रश्नमाथि पनि उनीहरूबीच छलफल भएको स्रोतले बताएको छ । त्यस्तै, राजावादीहरूले गणतन्त्र दिवसको दिन पारेर गर्न लागेको प्रदर्शन, आगामी बजेट लगायतका विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।