सर्वोच्चले सच्यायो रवि र छविको रिटमा भएको आदेशको त्रुटि


२०८२ जेठ ११ आइतबार २१:१६ बजे

काठमाडौं । सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधमा पुुर्पक्षका क्रममा थुनामा रहेका प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशी बञ्जाडेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतद्वारा गत शुक्रबार गरिएको आदेश आइतबार संशोधन गरिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले आइतबार त्रुटि सच्याई पाऊँ भनी पेश भएको प्रतिवेदन उपर आदेश संशोधन गरेको हो । जेठ ९ गते गरिएको आदेशको शिर खण्डको चौंथो हरफमा ‘आदेश’ हुनुपर्नेमा टाइप गर्दा भुलवश ‘फैसला’ हुन गएकाले न्याय प्रशासन ऐन, २०७३ को दफा १८ (३) बमोजिम संशोधन गरी पाऊँ भनी प्रतिवेदन पेश गरिएको थियो ।

सोही प्रतिवेदन बमोजिम आइतबार संशोधन गरिएको हो । ‘यसमा, सम्बन्धित मिसिल हेर्दा, उक्त आदेशको शिरखण्डको चौंथो हरफमा ‘आदेश’ उल्लेख हुनुपर्नेमा ‘फैसला’ लेखिन गएको देखिँदा प्रतिवेदन माग बमोजिम टाइपमा हुन गएको उल्लिखित त्रुटि न्याय प्रशासन ऐन, २०७३ को दफा १८ (३) बमोजिम सच्याई ‘फैसला’लाई ‘आदेश’ कायम गरिदिएको छ । प्रस्तुत आदेशलाई उक्त आदेशको अभिन्न अंग मानी मिसिल सामेल गर्नू,’ सर्वोच्चले गरेको आदेशमा उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७