‘काठमाडौ लियन्त्रणमा लिने’ प्रधानमन्त्रीको अभिव्यक्ति पदीय मर्यादा विपरित : कमल थापा


२०८२ जेठ ११ आइतबार ०१:१५ बजे

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोध गरेका छन्। राप्रपा नेपालसहितका दल सम्बद्ध राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ।

‘जेठ १५ गते काठमाडौं नियन्त्रणमा लिन कार्यकर्तालाई आह्वान गर्ने प्रम केपी ओलीको अभिव्यक्ति पदीय गरिमा र जिम्मेवारीविपरीत छ। संविधान र लोकतान्त्रिक मूल्य मान्यताविपरीत छ। राजनीतिक दलहरू, मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय समुदायले पक्कै पनि प्रमको यो अभिव्यक्ति नोटिसमा लिनेछन्,’ थापाले भने।

यसअघि आजै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते हुने राजावादीप्रति निर्मम हुन पार्टीका नेता–कार्यकर्तालाई निर्दशन दिएका थिए। उनले आन्दोलनलाई निस्तेज पार्नकै लागि निर्देशन जारी गरेका छन्।  राजावादीहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गर्ने बताएका छन्। 

राजावादी आन्दोलनलाई प्रतिवाद गर्न प्रधानमन्त्री ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन्। ‘निर्देशन पछि आउँछ। तपाईंहरु जस्तो, जे गर्नुपर्छ, तयारी हालतमा बस्नुहोस्,’ उनको भनाइ छ, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनु पर्दछ। कसरी, कुन संस्था अगाडि लाग्छ, कुन संस्थाले आयोजना गर्नुपर्छ, त्यसलाई छोडिदिनुहोस् ।’ ओलीले पोखरामा आयोजित कार्यक्रममा भनेका थिए, ‘आन्दोलनमा प्रोटोकल, स्रोटोकलको कुरा हुँदैन।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७