एमालेको चेतावनी : गणतन्त्रविरुद्ध हुने गतिविधि सहृय छैन  

‘विद्यादेवी भण्डारी पूर्व राष्ट्रपतिकै हैसियतमा चीन भ्रमणमा जानु भएको हो’


२०८२ जेठ ११ आइतबार २२:१२ बजे

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सहृय नहुने चेतावनी दिएको छ । एमाले केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले जेठ १५ मा गणतन्त्र दिवस भव्य रुपमा मनाउन पार्टी संगठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ । राजावादीहरुले जेठ १५ मा प्रदर्शन गर्न लागेको सन्दर्भमा एमालेले त्यस्ता गतिविधि ‘गणतन्त्रको विपक्षमा हुने कुनै पनि अवाञ्छित गतिविधि’ सहृय नहुने र त्यसको प्रतिवाद गर्न एमालेले निर्णय गरेको छ ।

‘गणतन्त्रको रक्षा र विकासका लागि पूर्ण प्रतिबद्ध रहँदै भव्य रुपमा मनाउने निर्णय गरेको छ,’ एमाले सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय छैन ।’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले देशभर गणतन्त्र दिवस भव्य रुपमा मनाउने निर्णय गरेका बताए ।

‘विद्यादेवी भण्डारी पूर्व राष्ट्रपतिकै हैसियतमा चीन भ्रमणमा जानु भएको हो’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यादेवी भण्डारीको चीन भ्रमण पूर्व राष्ट्रपतिको हैसियता भएको बताएका छन् । च्यासलमा पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले चीनले पनि पूर्व राष्ट्रपतिकै हैसियतमा निमन्त्रणा गरेको दाबी गरे ।

‘पूर्व राष्ट्रपतिको भ्रमण पूर्व राष्ट्रपतिकै हैसियतमा हो । उहाँलाई पूर्व राष्ट्रपतिकै हैसियतामा निमन्त्रणा भएको छ । स्वभाविकरूपमा पूर्व राष्ट्रपति नेकपा एमाले आन्दोलनको नेता भएका नाताले उहाँको टिममा पार्टी सम्बद्ध साथीहरू पनि सामेल हुनुहुन्छ,’ महासचिव पोखरेलले भने । पूर्व राष्ट्रपति भण्डारी शनिबार राति चीन प्रस्थान गरेकी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७