एमालेले बोलायो सचिवालय बैठक, के–के छन् एजेण्डा ?


२०८२ जेठ ११ आइतबार १२:०४ बजे

काठमाडौं । नेकपा एमालेले  सचिवालय बैठक बोलाएको छ । बैठक आज (आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी आह्वान भएको एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट र सांगठनिक गतिविधिको समीक्षा हुने जनाइएको छ । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणबारे आक्षेप लागेपछि पहिलो पटक बस्न लागेको एमाले सचिवालय बैठकमा त्यस विषयमा पनि छलफल हुन सक्ने बताइएको छ । यस्तै यही जेठ १५ गतेदेखि राजावादीहरूले गर्ने भनेको आन्दोलनका विषयमा पनि बैठकमा छलफल हुन सक्ने नेताहरूले बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७