आज रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ। यसअघि शनिबार केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक बसेको थियो । आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा भौतिक उपस्थितिमै बैठक बस्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
बैठकमा सर्वोच्च अदालतले पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछिको परिस्थिति र पार्टीको आगामी दिशाबारे छलफल हुनेछ । यस्तै देशको विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने झाले बताए । हिजोको सचिवालय वैठकले सभापति रवि लामिछानेको विषयमा सर्वोच्च अदालतले गरेको फैसला कानुनी रुपमा मान्ने निर्णय गरेको थियो ।