दुई वटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते


२०८२ जेठ ११ आइतबार १४:५४ बजे

बर्दिया । बर्दियाको मधुवन नगरपालिका– ८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक हुन् ।  गुलरिया नगरपालिका– २ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र  मधुवन नगरपालिका– ८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवै जना चालकको मृत्यु भएको हो ।

देवानन्दको मोटरसाइकलमा सवार गुलरिया नगरपालिका वडा नम्बर– २ निवासी अन्दाजी ३२ वर्षीय घाइते अनुपम यादवको बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बताए । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । घटना शनिबार राति साढे ११ बजेतिर भएको हो ।

घाइतेहरूलाई उपचारको लागि तत्काल बर्दिया अस्पताल गुलरिया पठाइएकोमा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै मोटरसाइकल सानोश्रीबाट गुलरियातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी डमरपालले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७