नेताहरुले गरेका योगदान जनतासम्म लैजानु पर्छ : सभापति देउवा


२०८२ जेठ १० शनिबार १८:०३ बजे

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन् । आज (शनिबार) नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै देउवाले स्व। रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताएका हुन् ।

पार्टीमा यस्ता व्यक्तिहरू धेरै कम रहेको बताउँदै नेताहरुले गरेका योगदान जनतासम्म पुर्‍याउनु पर्ने बताए । उनले भने, ‘धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन् । सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन् । उहाँलाई पछि भेट्न पाइन मलाई दुःख लागिरहेको छ । उहाँ अत्यन्तै समर्पित साथी हो । त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भने पनि हुन्छ ।’ सभापति देउवाले स्व. रेग्मीको बारेमा लेखहरू लेखेर आम जनमानसमा उनको छविबारे उजागर गर्न जरुरी रहेको बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७