ढोरपाटनका मेयर नेपालीलाई धरौटीमा छोड्न आदेश


२०८२ जेठ ८ बिहीबार ०१:५१ बजे

कास्की । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङका मेयर देवकुमार नेपालीलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटी माग गर्ने आदेश गरेको हो । तर, मेयर नेपालीले धरौटी बुझाई नसकेकाले हाल बागलुङ कारागारमै छन् ।

धरौटी बुझाई नसकेकाले उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ । इमेज सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा रहेका मेयरलाई आइतबार अदालतमा उपस्थित गराउन पत्र पठाइएको छ । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो । सोही आदेशअनुसार कारागार पठाइएको हो । उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७