लोडसेडिङको हल्ला निराधार : हितेन्द्र शाक्य


२०८२ जेठ ८ बिहीबार ०१:०४ बजे
फाइल फोटो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुने हल्ला निराधार भएको दाबी गरेका छन् । आज (बिहीबार) विराटनगरमा आयोजित एक कार्यक्रममा शाक्यले यस्तो बताएका हुन्।

‘लोडसेडिङबारे अनावश्यक रूपमा फैलिरहेको हल्ला निराधार हो,’ उनले भने । कार्यकारी निर्देशक शाक्यले विश्वसनीय विद्युत् आपूर्ति गरेर यस्ता हल्लालाई अन्त्य गरिने पनि बताए । बिहीबार विराटनगरमा आयोजित बढी विद्युत उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन् ।

विश्वसनीय विद्युत आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने उनले बताए । उनले मुलुकमा अहिले विद्युत अभावको समस्या नरहेको भन्दै अहिले भईरहेको ट्रिपिङको समस्यालाई चाँडै नै समाधान गरिने बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७