७३ आईएसपीलाई १५ दिनभित्र बक्यौता बुुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ७३ वटा इन्टरनेट (इमेल) तथा नेटवर्क सेवा प्रदायक (आईएसपी) हरुलाई १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न निर्देशन दिएको छ । प्राधिकरणले यही ७ गते सूचना जारी गर्दै उनीहरुले केही वर्षदेखि सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने लेखा परीक्षण विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषबापतको रकम निर्धारित समयमा बुझाउनु पर्नेमा नबुझाएको र हालसम्म तिर्न बुझाउनुपर्ने बक्यौता रकम नतिरेको भन्दै सूचना जारी गरेको हो ।
पटक पटक पत्राचार, इमेल तथा सूचनामार्फत जानकारी गराउादा समेत विवरणसहित बाँकी बक्यौता रकम दाखिला गरी जानकारी नगराएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । सूचनाअनुसार ७३ आईएसपीहरुले ७ गतेदेखि हुने १५ दिनको समयमै नियमानुसारको विवरण, कागजातसहित बाँकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गराउनु पर्नेछ । त्यसो नगरिए दूरसञ्चार ऐन २०५३ अनुसार कारबाही अघि बढाउने प्राधिकरणको चेतावनी छ ।
बक्यौता नतिर्ने ७३ आईएसपीको सूची