राजसंस्थाबारे देउवा : नसोंचेको र नबोलेको कुरा प्रचार गरियो


२०८२ जेठ ८ बिहीबार २१:४५ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले राजसंस्थाबारे सभापति शेरबहादुर देउवाले नसोंचेको र नबोलेको कुरा प्रचारमा ल्याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति निकालेर ‘कसैले क्षणिक स्वार्थपूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनि सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो’ भन्ने उल्लेख गरेका छन् ।

‘सभापतिले कहीँ नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम सञ्चारको माध्यमलाई दुरूपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो। जोसुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै जारी विज्ञप्तिमा राजसंस्थाबारे देउवाको धारणा भनि आएका समाचारप्रति विश्वास नगर्न अपिल गरिएको छ । देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको खबर भ्रामक र कपोलकल्पित भएको पनि उल्लेख छ।

‘ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट प्राप्त उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्बद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७