प्रधानसेनापतिद्वारा दुई वटा बाहिनीको निरीक्षण

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले सिराहास्थित २७ बाहिनी र बारास्थित २८ बाहिनी अड्डाको शान्ति कार्य लजिष्टिक शाखा र अमलेखगन्जस्थित प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयको निरीक्षण गरेका छन् ।
त्यसक्रममा उनले बाहिनीको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुका साथै शिक्षालय तथा शान्तिकार्य लजिष्टिकबारे जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसैगरी, भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले धनुषाको भिमानस्थित एकीकृत फायरिङ अभ्यासको समेत अवलोकन गरेका थिए ।