दुई मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु, दुई जना घाइते


२०८२ जेठ ६ मंगलबार ०२:४० बजे

रौतहट । सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा दुुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । मंगलबार अपराह्न भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।  

अपरान्ह ४ बजेतिर पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६ प ७८६८ र बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँएका थिए । दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश–३–०२–००६ प ७८६८ नम्वरको मोटरसाइकलका चालक काठमाडौँ महानगरपालिका २३ बसन्तपुरका ३० वर्षीय विवेक मानन्धरको मृत्युु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल पछाडि बस्ने भारतको बिहारका ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएका छन् । उनीहरुको वीरगञ्जमा उपचार भइरहेको छ ।  तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीको अनुमान छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७